Sajhamanch Archive

विश्वमा सबैभन्दा बढी रुचाइने चाउचाउको इतिहास

Published: in रोचक कुरा / टिप्स by .

यस्तोमा सबैले वर्षमा एक न एक चोटी चाउचाउ खाएकै हुनुपर्ने विश्लेषकहरुको भनाइ छ । यसरी संसारको जुनसुकै ठाउँमा पाइने विश्वव्यापी खाद्य वस्तु भएपनि यसको उत्पति कसरी भयो भन्नेबारे धेरैलाई थाहा छैन । सबैको घरमा सजिलै पाक्ने र खाँदा पनि स्वाद आउने हुनाले चाउचाउ विश्वको सबैभन्दा सफल औद्योगिक खाद्य उत्पादन बनेको हो । बनाउन सजिलोका साथै मूल्यका हिसाबले पनि एकदमै सस्तो हुने हुँदा यो सबैको प्रिय खानेकुरा बन्न पुगेको हो ।

यस्तोमा आखिर यो साधारण तर क्रान्तिकारी मानिएको चाउचाउको आविस्कार कसले गर्यो र कसरी भयो भन्ने प्रश्नको उत्तरमा पनि ऐतिहासिक कथा रहेको छ ।

वास्तवमा ‘इन्सटान्ट नुडल्स’ अर्थात हामीले आज खाइरहेको चाउचाउको उत्पति सर्वप्रथम जापानमा भएको थियो । दोस्रो विश्वयुद्धपछि अधिकांश भूभाग नष्ट भएकाले जापानी जनतामा भोकभोकै बस्नुपर्ने समस्या बढ्दै गएको थियो । त्यसै मध्येका एक पैसाविहीन साना उद्यमी मोमोफुकु आन्दा आफूलाई पुनस्र्थापित गर्न तत्पर थिए । यस्तोमा एकदिन उनले जाडोले कामिरहेका जापानीहरुलाई परम्परागत नुडल्स खान लामबद्ध भएर बसिरहेको देखे र यसैबाट उनलाई एउटा उपाय सुझ्यो । त्यसबेला जापानी सरकारले अमेरिकाबाट आएको तेल र मैदाको प्रयोगले जनताको भोक मेटाउने प्रयास गरिरहेको थियो ।

यसपछि तिनै मोमोफुकु आफ्नो घरपछाडिको एउटा सानो झुपडीमा एकवर्षसम्म विभिन्न परीक्षण गरिरहे । त्यसक्रममा उनी एकपटक पनि बाहिर देखा परेनन् ।  एक वर्षपछि जब उनी बाहिर आए, उनले आफ्ना साथमा अहिले हामीले खाने गरेको चाउचाउ पनि ल्याए । यसरी बाहिर ल्याइएको केही समयमै चाउचाउ अत्यन्तै लोकप्रिय बन्न थाल्यो । यसले जापानको आधुनिक आर्थिक वृद्धिमा सहयोग पुर्याउनुका साथै भोकाएका कामदार र विद्यार्थी वर्गलगायत सबैलाई सन्तुष्ट गरायो । जसपछि सो इन्स्टान्ट नुडल्स अन्य स्थानहरुमा पनि देखा पर्न थाल्यो । तातो र जोकोहीले पनि रुचाउने किसिमको स्वादका कारण चाउचाउ सबैतिर चर्चित बन्दै गइरहेको थियो । यसरी थाइल्यान्डमा यो ग्रीन करी फ्लेबरमा लोकप्रिय बन्यो भने मेक्सिकोमा यसलाई साल्सा सस र कागतीका साथ खान थालियो । आज विश्वका अधिकांश मुलुकमा यसलाई छुट्टाछुट्टै तरिकाले उपभोग गर्ने गरिएको छ ।

तर उता वातावरणविद्हरु भने विश्वमा चाउचाउले पाइरहेको असीमित प्रेमप्रति खुसी छैनन् । विशेषगरी यिनीहरुमा खजुरको रुखबाट निकालिएको (पाम ओएल) तेल प्रयोग हुने हुँदा यसले इन्डोनेशियालगायत विभिन्न देशमा वनविनाशको समस्या बढाइरहेको पाइएको छ । त्यस्तै अर्कोतर्फ अधिकांश चाउचाउ प्लास्टिकका प्याकेटमा आउने हुँदा त्यसले प्रदुषणलाई पनि उत्तिकै भयानक रुप दिइरहेको गुनासो गरिएको छ ।

तर किचेन नभएको अवस्थामा समेत यसलाई २ मिनेटमै तयार गर्न सकिने र तातै सेवन गर्न मिल्ने हुँदा भूकम्पजस्तो आपत्कालीन अवस्थामा यसले धेरै ठूलो मद्दत गर्न सक्छ ।

त्यसैगरी पर्वतारोहणका बेला पनि यसलाई विशेष रुचाइने गरिएको छ । यसरी जापानको एउटा सानो झुपडीबाट निस्किएको चाउचाउ आज विश्वका सबै पसलहरुमा उपलब्ध छ । अहिले सबै ठाउँमा यसका भिन्दाभिन्दै ब्रान्ड भएपनि वास्तवमा चाउचाउले लामो इतिहास बोकेको छ ।

बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *