Sajhamanch Archive

नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत

Published: (Updated: ) in अर्थतन्त्र by .

अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटमा विश्व बैंकले पछिल्लो ६ महिनामा दक्षिण एसियाको आर्थिक अवस्थाको विश्लेषण गरेको हो । अपडेटमा नेपालको उच्च वृद्धिदर कायमै रहेको निष्कर्ष निकालिएको छ । विश्व बैंकका अनुसार सन् २०१७ मा नेपालले ७ दशमलव ९ को वृद्धिदर हासिल गरेको थियो ।

यसैगरी विश्व बैंकले मध्यावधिमा नेपालको औसत आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको छ । तर, संघीयता कार्यान्वयनमा राजनीतिक संक्रमण कायम रहे पूर्वाधार विकास र सेवा प्रवाह भने असर पर्न सक्ने चुनौती रहेको औंल्याएको छ । यसैगरी चालु आर्थिक वर्ष सरकारले ८ प्रतिशतको वृद्धिदरको लक्ष्य लिएकोमा विश्व बैंकले भने ५ दशमलव ९ प्रतिशतमात्र हुने प्रक्षेपण गरेको छ भने सन् २०२० मा नेपालले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान विश्व बैंकको छ ।

विश्व बैंकका अनुसार क्षेत्रीय रुपमा दक्षिण एसियाको आर्थिक वृद्धिदर संसारकै उत्कृष्ट हो । सन् २०१८ मा ६ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर सुनिश्चित गरेको दक्षिण एसियाले सन् २०१९ मा ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । दक्षिण एसियाको यो वृद्धिदर दक्षिण पूर्व र प्रशान्त क्षेत्रभन्दा पनि माथि रहेको र यस क्षेत्रलाई ‘फास्टेस्ट ग्रोइ रिजन’का रुपमा उभ्याएको छ ।

विश्व बैंकका अनुसार सन् २०१८ को आर्थिक वृद्धिदर दक्षिण एसियाको भने चौथो द्रुत आर्थिक वृद्धिदर हो । सन् २०१८ मा सबैभन्दा बढी माल्दिभ्सको ८ प्रतिशत तथा बंगलादेशको ७.९ र भारतको ७.३ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको अनुमान छ । दक्षिण एसियामा सबैभन्दा कमजोर प्रदर्शन भने अफगानिस्तानको रहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *