Sajhamanch Archive

मेचीनगरले चाडपर्व लक्षित व्यवसाय गर्न दिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर मेचीनगर नगरपालिकाले साना व्यवसायीलाई एकमहिनाका लागि नगरपालिकाले तोकेको स्थानमा व्यवसाय गर्न दिने भएको छ । तर, व्यवसायीले नगरपालिकाले तोकेको स्थानमात्र व्यवसाय सञ्चालन गर्नुपर्ने छ ।

नगरलाई सफा सुग्घर र स्वच्छ बनाउनका लागि सडकको दाया बाँया तथा फुटफाँथमा सञ्चालन गरिरहेका व्यवसायीलाई नगरपालिकाले उठाएको थियो । अहिले चाडपर्वलाई लक्षित गरेर असोज २३ देखि कात्तिक २७ गतेसम्म नगरपालिकाले तोकेको क्षेत्र भित्र रहेर नगरपालिकाले बनाएको नियम अनुशासन र परिधि भित्र बसेर नियमित व्यवसाय सञ्चालन गर्न दिने भएको हो । त्यसको व्यवस्थापनका लागि कार्यालयकातर्फबाट नगर प्रहरी हवाल्दार दिनेश गुरागाईँलाई संयोजकको भूमिका प्रदान गरेको छ ।

व्यवसाय सञ्चालन गर्न दिन र कार्यको व्यवस्थापन तथा निर्देशनका लागि दिलबहादुर कार्की, ढाकाप्रसाद पुरी, गीता श्रेष्ठ, सीता उप्रेती, राजु कार्की, टंक रिजाल, दीपा श्रेष्ठ र सुवु गुप्तासहितको सात सदस्यीय व्यवस्थापन समिति निर्माण गरिएको छ ।

उक्त समितिको निर्देशनअनुसार तोकिएको क्षेत्रमा मात्र खुद्रा पसल सञ्चालन गर्न र समितिलाई आवश्यकता अनुसार सहयोग तथा समन्वयकारी भूमिका निर्वाह गर्न र समिति सञ्चालन तथा अन्य रेखदेख कार्यका लागि मेचीनगर नगरपालिका वडा नम्बर—६का नगर प्रहरी हवाल्दार दिनेश गुरागाईँलाई संयोजकको भूमिका प्रदान गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *