जयनगर–जनकपुर रेल सेवा छिट्टै सञ्चालनमा आउने
Published:
by .काठमाडौँ । बहुचर्चित जयनगर–जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।
रेल सेवा सञ्चालनका लागि भारतसँग रेल भाडामा लिने जानकारी समेत महानिर्देशक मिश्रले दिए। तीन वा दुईवटा रेल भाडामा लिनेबारे छलफल भइरहेको जानकारी उनले दिए ।
गोरखापत्रबाट ।
Comments