Sajhamanch Archive

वीरता जेसीजद्वारा स्वर्गीय अध्यक्षहरुकोे सम्झनामा पुरस्कार स्थापना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । युवाको व्यक्तित्व विकास र नेतृत्व विकास कार्यमा अग्रसर वीरता जेसीजले संस्थाका दुईजना पूर्व अध्यक्षहरुको सम्झनामा दुईवटा स्मृति पुरस्कार कोष स्थापना गरेको छ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी अक्षयकोष दाताहरु सावित्रा ढकाल, सृजन ढकाल, रेखा घिमिरे, लव घिमिरे, वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, वर्ष २०१८ का अध्यक्ष एकराज गिरीसहितले पुरस्कार कोषको घोषण गरेका हुन् ।

लामो समय पत्रकारिता पेसामा आवद्ध रहेका वीरता जेसीजका संस्थापक महासंचिव हँुदै सन १९८४ मा अध्यक्ष रहेका स्व. मदन ढकालको स्मृतिमा उनका परिवारको सक्रियतामा वीरता जेसीजले मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारको स्थापना गरेको हो ।

सो स्मृति कोषबाट हरेक वर्ष वीरता जेसीज तथा जेसीज संस्थाको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने एकजना पत्रकारलाई पुरस्कार प्रदान गरिने अध्यक्ष गिरीले जानकारी दिए ।

त्यस्तै सन् १९८८ मा वीरता जेसीजको अध्यक्ष बनेका दिलकुमार शर्माको सम्झनामा उनको सक्रियता र योगदानको कदर गर्दै स्व. दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार स्थापना गरेको छ ।

सो स्मृति पुरस्कारबाट वीरता जेसीजमा वर्षभर सक्रिय रहेर कार्य गर्ने पूर्वअध्यक्षहरुमध्येबाट एकजनालाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिने महासचिव बिनोद पाण्डेको भनाई छ ।

दुबै पुरस्कारहरु वीरता जेसीजको साधारणसभामा प्रदान गरिने संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *