Sajhamanch Archive

शहिद धर्मभक्तमा पूर्व शिक्षकहरुको भेला

Published: in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले आफ्नो ५० औ स्वर्ण महोत्सव समारोह मनाउने तयारीका क्रममा बुधवार पुर्व शिक्षकको भेला सम्पन्न भएको छ ।

विद्यालयमा कार्यरत पुर्व शिक्षकहरुको भेलाले स्वर्ण महोत्सव समारोहको अवसरमा प्रकाशन हुन लागेको स्मारिकामा लेख ,रचना स्मरण उपलब्ध गराउने र स्वर्ण महोत्सव समारोह भव्यताका साथ सम्पन्न गर्न तनमन र धनले सहयोग गर्ने निर्णय भएको पुर्व शिक्षक सम्पर्क समिति संयोजक हिमप्रसाद दाहालले जानकारी दिए ।

वि.सं.२०२६ सालमा स्थापना भएको विद्यालय कार्यरत ६० जना पुर्व शिक्षक मध्ये ५ जनाको मृत्यु भैसकेको समेत दाहालले जानकारी दिए ।

विद्यालयले आगामी २०७५ साल माघ १६ देखि विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा स्वर्ण महोत्सव मनाउन लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *