Sajhamanch Archive

नवनिर्मित वडा नं. ३ को कार्यालयको उद्घाटन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । मेचीनगर नगरपालिकाको वडानम्बर—३ को नवनिर्मित वडा कार्यालयको नगरप्रमुख मिना पोखरेल उप्रेतीले बुधबार उद्घाटन गरेकी छन् । मेचीनगर नगरपालिका स्थानीय तह भएपछि नगरका १५ वटा वडामध्ये पहिलो पटक ३ नम्बर वडाको नयाँ भवन निर्माण भएको हो ।

स्थानीय तेजराज पोखरेल र भीमकुमारी पोखरेलले २ कठ्ठा, विन्दबहादुर भुजेल तथा सावित्रा भुजेलले १ कठ्ठा, मायादेवी फूयाँल र नेत्रकुमार फूयाँलले क्रमस १÷१ गरी करिव ३५ लाख रुपैयाँ मुल्य बराबरको कुल ५ कठ्ठा जग्गा नगरपालिकालाई वडा कार्यालय निर्माणका लागि निःशुल्क उपलब्ध गराएपछि करीव २५ लाख रुपैयाँँको लागतमा चारकोठे एकतले भवन निर्माण गरिएको हो ।

वडाध्यक्ष हर्कबहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपप्रमुख उप्रेती, मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, नगरपालिकाका प्रशासन प्रमुख अनन्तप्रकाश वस्ती, कार्यपालिका सदस्य कृष्ण कनाललगायतले दोसल्लासहित अविर टिका र सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यपालिका सदस्य टिकाराम मंग्रान्तीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि उप्रेती र वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालले बोलेका थिए । स्वागत वडा सदस्य निता थापाले गरेकी थिईन् । कार्यक्रममा वडानम्बर १ का वडाध्यक्ष पासाङ्ग तामाङसहित विभिन्न वडाका वडा सदस्य, राजनीतिक दलका प्रमुख प्रतिनिधिको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *