Sajhamanch Archive

देउनियाँ व्यवस्थापन समितिमा भट्टराई

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । देवी पञ्चकन्या मन्दिर भद्रपुर १० देउनियाँको व्यवस्थापन समितिको अध्यक्षमा यादवप्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन् ।

जमरे औंसीको अवसरमा आयोजित साधारण सभाले दोश्रो कार्यकालका लागि भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा प्रमिला थापा, सचिव उत्तम सुवेदी, सहसचिव कृष्ण दाहाल र कोषध्यक्ष विष्णुकुमार कोइरालालाई तीन वर्षे कार्यकालका लागि सर्व सम्मत चयन गरिएको हो । यसैगरी समितिको सदस्यहरूमा क्रमशः अशोक रोक्का, राम चौधरी, भिम राई, तुलसा राय, आज्ञा रोक्का, चन्द्रभण्डारी र हेमसागर सुवेदी रहेका छन् ।

समितिका अध्यक्ष यादवप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगर कार्यपालिका सदस्य भक्तबहादुर भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्दिरका दाता तथा संरक्षक गोपालबहादुर थापा, वडा सदस्य तुलसी पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *