Sajhamanch Archive

अमेरिकामा शक्तिशाली आँधी १३ को मृत्यु, चार लाख प्रभावित

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

मध्य अमेरिकामा शक्तिशाली आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ। अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ।

आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फ्लोरिडा हुँदै आएको आँधीले अलबामा र जर्जियालाई पनि प्रभाव पारेको छ।

प्रतिघण्टा दुई सय किलोमिटरको गतिमा आएको आँधीले त्यहाँका सयौँ घरमा क्षति पुर्‍याएको छ। रुखहरु ढल्दा यातायात अवरुद्ध भएको छ। फ्लोरिडाका मात्रै तीन लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

यो फ्लोरिडामा सय वर्षपछिको शक्तिशाली आँधी भएको अधिकारीहरुले जनाएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *