Sajhamanch Archive

फ्रेण्ड्सविरुद्ध थ्रिस्टार १ गोलले अगाडि

Published: in खेलकुद by .

काठमाडौं ।  काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा उपाधी दाबेदार थ्री स्टार क्लबले फ्रेण्ड्स क्लबबिरुद्ध १ गोलको अग्रता बनाएको छ ।

ललितपुर डर्बी खेलमा थ्री स्टारले १७औं मिनेटमा अग्रता लिएको हो । एकल प्रयासमा गोल गर्दै रन्जन बिष्टले थ्री स्टारलाई अग्रता दिएका थिए ।

बिष्ट यसै सिजन एपीएफबाट थ्रीस्टारमा अनुबन्ध भएका हुन् । लिगमा थ्रीस्टारबाट रन्जनको यो पहिलो खेल हो ।

तथापि उनले यसअघि नकआउट प्रतियोगिता खेलेका थिए । २५औं मिनेटमा फ्रेण्ड्सका आशिष केसीको क्रसमा धिरज श्रेष्ठले बक्सभित्रबाट गरेको क्रस बाहिरीएपछि टोली बराबरी गर्नबाट चुक्यो । अहिले दोस्रो हाफको खेल चलिरहेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *