Sajhamanch Archive

नेपाल प्रहरीले यसरी मनायो ६३ औं स्थापना

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल प्रहरी संगठनले आफ्नो ६३ औं स्थापना दिवस मनाएको छ । बिहीबार विहान प्रहरी प्रधान कार्यालय नक्सालमा अयोजित ६३ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचद्र थापा लगायतको सहभागि भए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी जनताको घर दैलोमा पुगे मात्र सरकारको काम प्रभावकारी देखिने बताए ।

‘प्रहरी जति धेरै जनताको दैलोमा पुग्न सक्छ, सरकारको काम त्यति नै प्रभावकारी देखिन्छ ’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले आतंकवाद, अन्तरदेशीय अपराध जस्ता नयाँ सुरक्षा चुनौति दिन प्रतिदिन बढेको बताउँदै प्रहरीलाई समयसापेक्ष प्रविधिले सुसज्जित गर्न सरकारको ध्यान गएको जिकिर पनि गरे ।
त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनमा एकदुई जना खराव हुँदैमा सिंगो संगठन खराव नहुने बताए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा उपस्थित भए पनि सम्बोधन गरेनन ।

पूर्व गृहमन्त्रीहरु र सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु सहभागि भएको कार्यक्रममा जिम्मेवारी निर्वाहका क्रममा साहदत प्राप्त गर्ने कर्मठ सेवकहरुप्रति श्रद्धा व्यक्त गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *