Sajhamanch Archive

प्रहरीलाई चाँडै संघीय ढाँचामा ढालिन्छः मुख्य मन्त्री राई

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले देश संघीय ढाँचामा रहेकाले अब नेपाल प्रहरीलाई पनि प्रादेशिक ढाँचामा ढाल्नुपर्ने बताएका छन् । अन्य क्षेत्रमा संघीयता कार्यान्वयन भएजस्तै प्रहरीमा पनि त्यसको अभ्यास भए जनताको जीउधनको सुरक्षामा थप मदत पुग्ने उनको भनाइ छ ।

आज ६३औं प्रहरी दिवसको अवसर पारेर प्रदेश–१ को प्रहरी कार्यालयले विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले प्रहरीलाई पनि संघीय ढाँचामा ढाल्नुपर्नेमा विशेष जोड दिए । अहिले प्रशासनिक संरचना तयार भइनसकेकाले चाँडै प्रहरी पनि संघीय ढाँचामा जाने राईले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार नागरिकको जीउधनको सुरक्षामा चिन्तित रहेको बताए । ‘प्रदेश सरकार नागरिकको जीउधनको सुरक्षाको विषयमा गम्भीर छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यसका लागि अब सुरक्षाको निकाय नेपाल प्रहरीलाई पनि संघीय ढाँचामा ढाल्ने तयारी भइरहेको छ ।’

त्यस्तै, कार्यक्रममा बोल्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाली प्रहरीलाई कानुनी तवरबाट संघीयतामा लैजाने प्रक्रिया सुरु भइसकेको बताए ।

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारी तथा प्रहरीलाई संरचना बनाउन जग्गा दान गर्ने पनि सम्मानित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *