Sajhamanch Archive

अर्जुनधारामा सिलाई कटाई तालिम सञ्चालन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

अर्जुनधारा । महिलाई सिप र तालिम गराई आत्मनिर्भर बनाउँने उद्देश्यले अर्जुनधारा नगरपालिका वडा नं ५ मा ३ महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ ।

अर्नुनधारा नगरपालिका ५ को आयोजना तथा नारी कल्याड समाजको सक्रियतामा १२ जना महिलाहरुलाई पहिलो चरणमा ६ वटा मेसिन उपल्बध गराएर सो तालिम सन्चालन गरिएको हो ।

तालिम सकिए पस्चात आफुहरुले भोटो, कुर्था सुरुवाल, चोलो, टोपि, सट, लगायतका पोसाकहरु सिलाउन सक्ने तालिममा सहभागी नव अर्यालले बताइन् ।

महिलाहरुलाई आत्मनिर्भर बनाई आफ्नै गाउँमै रोजगारी दिलाउन सकिने गरी तालिम दिइएको र यस्ता कार्यलाई वर्षेनी निरन्तरता दिने वडा अध्यक्ष ध्यानवहादुर भारतीले बताए ।

वडा तथा नारी कल्याड समाजले सकरात्मक कार्य गरेको तथा आगामी दिनमा आफुले सिकेको सिपले आफुलाई मात्र नभई अर्को पुस्तालाई पनि सिकाउने सकिने तालिममा सहभागी सीता सिवाले बताइन् ।

तालिममा १६ वर्षदेखि ४५ वर्ष उमेर समूहका महिलाहरुको सभागिता रहेको छ ।
सहभागीहरु सवैले उत्कृष्ट काम गरेर तालिममा सिकेको सिपलाई व्यवहारमा उतारेर निरन्तरता दिइने सहभागीलाई मेसिन खरिदमा मा ५० प्रतिशत छुट प्रदान गरिने वडा अध्यक्ष भारतीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *