Sajhamanch Archive

शिवसताक्षीमा रोजगारीका लागि हेण्डीक्राफ्ट एण्ड बुटिक तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले शिवसताक्षीका वेरोजगार महिलालाई आत्मनिर्भर वनाउन हेण्डीक्राफ्ट एण्ड बुुटिकको निःशुल्क तालिम शुरु गरेको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँवा लिम्वु, १ नम्बर प्रदेशका साँसद झलकसिंह दलार्मी मगर र शिवसताक्षी नगरकी उपमेयर भोजकुमारी नेपालले तालिमको संयुक्त रुपमा विहीबार उद्घाटन गरेका छन् ।

नगरका करिव ३५ जना महिलालाई तीन महिने तालिम प्रदान गरेर रोजगारी प्रदान गर्ने तालिम आयोजक गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले जानकारी दिइन ।

‘घरमुलीसँग कसैले पनि आवश्यक खर्चकालागि पैसा माग्नु नपरोस भन्नका लागि महिलालाई आत्मनिर्भर वनाउन लागिएको हो ।’ उनले भनिन्— ‘तालिमबाट प्राप्त शिपलाई व्यवहारमा उतारेर परिवार र आफ्नो जिविकोपार्जनमा सहजता ल्याउन सकोस् भन्ने संस्थाको मुख्य उद्देश्य हो ।’

विपन्न, असाहय, एकल, वाढीवाट विस्थापित, परिवारवाट अपहेलित, आफ्नो र समाजकालागि केहि गर्छु, भन्ने महिलालाई तालिममा सहभागी गराईएको छ । तालिमपछि दक्ष जनशक्तिलाई प्रतिष्ठानले रोजगारी प्रदान गर्ने छ ।

कार्यक्रममा सांसद एलपि साँवा लिम्वु, झलकसिंह दलार्मी मगर, शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपालले सरकारले गर्ने काम एउटा गैह्रसरकारी संस्थाले गरेर नगरको वेरोजगारी समस्या समाधान गर्ने जमर्को चानचुने नभएको वताए । उनिहरुले भने— ‘यो काम अरुकालागि पनि उदाहरणीय वन्न सकोस ।’

कार्यक्रममा गोलोक गोवद्र्धन गौसालाका संरक्षक नन्दकिशोर भारद्धज, गणेशमान शिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष सन्तोषकुमार मेनेङ्गवो, सतासीधाम सामुदायिक वनका अध्यक्ष गोपाल श्रेष्ठलगायतले महिला नेतृत्वको जुनसुकै सामाजिक संघ संस्था समाजका हितमा हुने वताए । उनीहरुले भने— ‘आज गोपाल गौरी दिगो विकास प्रतिष्ठानले उदाहरण नै प्रस्तुत गर्यो ।’

संस्थाकी अध्यक्ष इन्दिरा गौतमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सदस्य रुद्रप्रसाद भट्टराईले गरेका थिए भने संचालन उपाध्यक्ष भद्र राईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *