Sajhamanch Archive

प्रदेश १ का तीन जिल्लामा विपत व्यवस्थापन सम्बन्धि १० बुँदे प्रतिबद्धता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पाँचथर । प्रदेश १ सरकारको आयोजनामा भएको विपत जोखिम न्यूनिकरण सम्बन्धि तालिममा १० बुदे प्रतिबद्धता पत्र जारी गरीएको छ ।

पाँचथरको फिदिममा प्रदेश सरकाको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको २ दिने विपत जोखिम न्यूनिकरण तालिमका सहभागीहरुले सो प्रतिबद्धता गरेका हुन् । विपत जोखिम न्यूनिकरण सम्बन्धि ताप्लेजुङ, पाँचथर र इलाम स्थानिय तहका प्रतिनिधि, विभिन्न कार्यालयका प्रतिनिधि र सम्बन्धित संघ सस्थाहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।

प्रतिबद्धता पत्रमा तीन वटै जिल्लाका विपत जोखिम न्यूनिकरणका लागि प्रदेश सरकारसंग समन्वय गर्दै स्थानिय तहहरुका सम्बन्धित सरोकारवालाहरुसँग अन्तरकृया, अभ्यास र अनुभव गर्ने, विपत व्यवस्थापनका लागि आवश्यक कानुन निर्माण गर्ने, विपतको पूर्व तयारी र प्रतिकार्य र राहात सम्बन्धि समन्वय गर्दे प्रभावकारी भुमिका निर्वाह गर्ने । अव, गरीने विकास निर्माणमा बातावरणिय प्रभाव मुल्याङ्कन गर्नेलगायतका साझा प्रतिबद्धता गरीएको छ ।

त्यसैगरी, कानुन मन्त्रालयले विपद् जोखिम न्युनिकरण र व्यवस्थापन सम्बन्धि विस्तृत अध्ययन प्रतिबेदन तयार गर्ने, मन्त्रालयले तीनवटै जिल्लामा आपतकालिन कार्य सञ्चालनको केन्द्र तयार पार्ने, तीनवटै जिल्ला तथा जिल्लाका स्थानिय तहरुमा विपत् प्रतिकार्यको लागि तत्काल उपलब्ध हुने दक्ष जनशक्तिको विवरण तयार पार्नै लगायतका १० बुदे प्रतिबद्धता पत्र जारी गरिएको हो ।

प्रतिबद्धता पत्रमा ३ वटै निकायका प्रतिनिधि तथा प्रमुखहरुले हस्ताक्षर गरेर जारी गरिएको छ । प्रतिबद्धता पत्रमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपालप्रसाद पराजुली, पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी, पाँचथर जिल्लाका जिल्ला समन्वय प्रमुख विष्णुप्रसाद सापकोटा (विमल) र फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङलगायत तीनवटै जिल्लाका विषयगत प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बोल्दै कानुन सचिव पराजुलीले पिडित तथा पिडित हुन सक्ने सेवामा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले यसका लागि प्रदेह सरकार पनि लागि परेको जानकारी गराउँदै हातमा हात मिलाएर लाग्न आग्रह गरे । त्यस्तै पाँचथरका जिल्ला समन्वय समितका प्रमुख विष्णुप्रसाद सापकोटा विमलले तीन वटै जिल्लाका लागि ऐतिहासिक काम भएको बताए । उनले यसका लागि सबै स्थानिय तहदेखि प्रदेश सरकार सम्म हातेमालो गरेर यस कार्यमा अगाडि बढ्न समेत आग्रह गरे ।

तीवटै जिल्लाका विषयगत कर्मचारीहरुले भौगोलिकता अनुसारको ज्ञान, नीति तथा योजनामा समेत प्राप्त भएको सहभागीहरुले बताएका छन् । सहभागीले हस्ताक्षर गरिएको प्रतिबद्धता अनुरुप आफुहरु अगाडि बढ्ने सबैले प्रतिबद्धता समेत जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *