Sajhamanch Archive

विर्तामोडमा आँखा उपचार क्लिनिक सञ्चालन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । ३० लाख रुपैयाको लगानीमा विर्तामोडमा पहिलो पल्ट आँखा उपचार क्लिनिक सञ्चालन गरिएको छ।

पछिल्लो समय झापामा आँखाको विरामीको अत्याधिक चाप बढिरहेका बेला विर्तामोडमा पहिलो पल्ट आँखाको क्लिनिक स्थापना गरिएको हो ।

क्लिनिकलार्इ प्रदेश एकका सभासद एकराज कार्कीले एक कार्यक्रमका बीच नेपाल दृष्टि आँखा उपचार सेवाको उद्घाटन गरेका हुन् ।

विर्तामोडका युवा व्यावसायी देवी सिवाकोटी र रन्जित गौतमले ३०लाख रुपैया लगानी गरि विर्तामोड ३ को सैनिकमोडमा आँखा उपचार सेवा सुरु गरेका हुन ।

अव आँखा उपचार सेवामा सर्जरी वाहेकका आँखाको सवै सेवा विरामीलाइ दिने योजनाका साथ नेपाल दृष्टि आँखा उपचार सेवा स्थापना गरिएको सञ्चालक सिवाकोटीले जानकारी दिए।

विर्तामोडमा मेची आँखा अस्पताल ,विर्तामोड आँखा अस्पताल र दृष्टी आँखा अस्पतालले सेवा दिइरहेका भएपनि निजी तहमा आँखाको मात्रै क्लिनिक सञ्चालन भएको थिएन।

हाल दैनिक विर्तामोडमा मात्रै नेपाल,भारत र अन्य देशको गरि १हजार भन्दा धेरै विरामीले अस्पतालबाट सेवा लिइरहेका छन ।विगतमा देव चश्मा घर। व्यावसाय गर्दै आएका गौतम र सिवाकोटी दाजुभाईले क्लिनिक सञ्चालन शुरु गरेका हुन ।

हप्ताको सातै दिन विहान ७बजे देखि बेलुका ७बजेसम्म विरामीलार्इ सेवा दिने सञ्चालक गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *