Sajhamanch Archive

ट्रष्ट निर्माणका लागि सैनिक बस्तीमा दुर्गा पूजा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

माइधार । झापाको माईधार सैनिक बस्तीमा आयोजना भएको दुर्गा पुजावाट संकलित रकमले ट्रष्ट निर्माण हुने भएको छ ।

वुधबार एक कार्यक्रममो आयोजना गरि उद्घाटन गरिएको दुर्गा पुजा आयोजक मुल समारोह समितिले ९ दिन सम्म संचालन हुने पुजाबाट संकलन भएको भेटिले सार्वजनिक महत्वको सामुदायिक भवन निर्माण गर्ने वताएको हो ।

शिवसताक्षी नगर वडा नम्बर १० का अध्यक्ष कर्णवहादुर थापाले वेदस्वरुप शिवालय मन्दिरमा आयोजना भएको दुर्गा पुजाको विधिवत उद्घाटन गरेका हुन ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सोमप्रसाद वनेम, दुर्गापुजा आयोजक मुल समारोह समितिका अध्यक्ष पदमलाल अधिकारी, मन्दिरका संस्थापक अध्यक्ष उमानाथ पराजुली, पुर्व अध्यक्ष पुष्पलाल संग्रौला, मोहन कार्की लगायतले सार्वजनिक भवनको आवश्यकता औल्याएर दुर्गा पुजाको आयोजना गरिएको समितिका सचिव निरज ओलीले जानकारी दिए ।

छ वर्ष अघि स्थापना भएको सो मन्दिरमा वर्षेनी दुर्गापुजा आयोजना हुँदै आएको छ । यो वर्षको पुजावाट संकलन भएको भेटिले ट्रष्ट निर्माण हुने पुजा आयोजक समितिका अध्यक्ष पदमलाल अधिकारीले वताए ।

अधिकारीका अनुसार ट्रष्ट निर्माण भईसकेको छ । ३ लाख ६० हजारमा निर्माण भएको सो ट्रष्टमा ३०० मानिस अटाउन सकिने समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *