Sajhamanch Archive

तीनतले सामुदायिक वनद्वारा मोटर ड्राइभिङ्ग तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बुधबारे । तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिले आफ्ना २२ उपभोक्ता परिवारका युवायुवतीहरुलाई मोटर ड्राइभिङ तालिम दिने भएको छ ।

आज बिहिबार समितिको कार्यालयमा भएको कार्यक्रममा सो जानकारी गराइएको हो । गरिवी न्युनिकरण कोषबाट २२ जनालाई सो तालिम प्रदान गरिने छ । स्थानीय बाँस्तोला मोटर ड्राइभिङ सेन्टरसँग सम्झौता गरी १ लाख ५० हजार सामुदायिक वनले लगानी गर्ने र बाँकी प्रशिक्षार्थीले बेहोर्ने गरी प्रति प्रशिक्षार्थी ९ हजारका दरले सो तालिम प्रदान गर्ने जनाइएको छ ।

गरिवी न्युनिकरण कोषका संयोजक शरद मगरको सभापतित्व र तीनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षार्थीहरुलाई लगनशिल भएर तालिम लिँदै तालिम पछि स्वरोजगार बन्न सक्ने अपेक्षाका साथ तालिमको आयोजना गरिएको स्पष्ट पारिएको छ ।

कार्यक्रममा तीनतले सामुदायिक वनका कोषाध्यक्ष त्रिलोचन घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि राई, सचिव गंगा आचार्य, लेखा समिति सदस्य पूर्ण सञ्जेल, बाँस्तोला मोटर ड्राइभिङ सेन्टरका केशव पाठक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संगीता वस्नेतले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *