Sajhamanch Archive

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

भोजपुर । भोजपुरको ट्याम्केमैयुम गाउँपालिकाबाट खोटाङ्गको खोटेहाङ्ग गाउपालिका तर्फ किराना सामान लोड गरी जाने क्रममा बिहीबार ट्याक्टर दुर्घटना हुदाँ एक महिलाको ज्यान गएको छ।

भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–९ लेखर्कको बलौटेभञ्ज्याङ सडकखण्डमा भोजपुरको पान्धारेबाट किराना सामान लोड गरी खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तर्फ जादै गरेको को २ त ४६१८ न. को ट्याकटर बिहीबार दुर्घटनामा परेको हो।

ट्याक्टरमा सवार खोटाङको खोटेहाङ गाँउपालिका–२ वाप्लुखा बस्ने ३२ वर्षीया निङल्हामु शेर्पाको ट्याक्टरबाट ओर्लने क्रममा अनियन्त्रित भई ढुङगामा ठोकिन पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए। ट्याक्टरका चालकलाई इलाका प्रहरी चौकी पान्धारेले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *