Sajhamanch Archive

०७४ सालको मदन पुरस्कार ‘योगमाया’ कृति लाई

Published: (Updated: ) in शिक्षा by .

ललितपुर । मदन पुरस्कार गुठीले २०७४ सालको जगदम्बा– श्री सम्मान विगत पाँच दशकदेखि बाल साहित्यको विकास, विस्तार र प्रवद्र्धनमा सक्रिय रहँदै आएका वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धर लाई प्रदान गरेको छ भने ०७४ सालको मदन पुरस्कार ‘योगमाया’ कृतिका लागि स्रष्टा नीलम कार्की निहारिकालाई प्रदान गरेको छ ।

ललितपुरस्थित रातो बंगला स्कूलको सभा कक्षमा विहिबार सम्पन्न कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितलगायतले सम्मानित स्रष्टाहरुलाई दुबोको माला लगाई प्रमाणपत्र प्रदान गरेका थिए । दुबै पुरस्कारको राशी दुई दुई लाख रुपैयाँको रहेको छ ।
कार्यक्रममा डा. तीर्थबहादुर श्रेष्ठले विद्वत प्रवचन दिएका थिए । उनले म र मेरो नेपाल शीर्षकमा लामो मन्तव्य दिए ।

सम्मानित व्यक्तित्व स्रष्टा शान्तदास मानन्धरले आफ्नो मन्तव्यमा आफ्ना पुराना दिनहरुको संस्मरण गरे भने अर्का स्रष्टा नीलम कार्की निहारिकाले आफूलाई यो पुरस्कारले थप जिम्मेवार बनाएको बताइन ।
कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले सबै आगन्तुकलाई स्वागत गरे भने गुठीका सदस्य सचिवले धन्यवाद दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *