Sajhamanch Archive

अपाङ्ग बाल सरोकार केन्द्रलाई कर्णाली सहकारीले :५० हजार रुपैयाँ प्रदान

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by .

कर्णालीले  विपद् राहत कोष तथा दिगो फोहोर व्यवस्थापनका चुनौती र सम्भावना विषयक अन्तरक्रिया एवम् दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकार केन्द्रका शिक्षक ढुण्डीराज कोइरालालाई सो रकम हस्तान्तरण गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र विशिष्ठ अतिथि अर्जुनधाराका नगर प्रमुख हरिकुमार रानाले संयुक्त रुपमा संस्थाका शिक्षक कोइरालालाई उक्त रकम हस्तान्तरण गरका थिए ।

कर्णालीले संस्थाका कर्मचारीको एक दिनको तलब र सञ्चालक समितिको एक दिनको बैठक भत्ताबापतको रकम संकलन गरी जम्मा गरेको  प्रदान गरेको सचिव भूपाल बस्नेतले जानकारी दिए ।

कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहालले सहकारीले सिद्धान्तअनुरुप कार्य गर्नुपर्ने धारण व्यक्त गरे । दाहालले भने, ‘सहकारीले सिद्धान्तअनुसार चल्नपर्छ, सिद्धान्त अनुसार चलेन भने खाल्डामा परिन्छ ।’

कार्यक्रमा बोल्ने वक्ताहरुले वित्तीय संस्थाले बचत तथा ऋणको मात्र काम गनुपर्ने, फोहोर मैला व्यवस्थापनलगायतका विषयमा हात हालेर राजनीति गर्न नहुने टिप्पणी गरेका थिए ।

कार्यक्रममा अर्जुनधाराका नगर प्रमुख रानाले कार्यक्रममा उपस्थितलाई शुभकामना दिँदै कर्णालीले संस्थाको उद्देश्यअनुसार सामाजिक कार्य गर्न लागेकोप्रति धन्यवाद दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *