Sajhamanch Archive

सहरमा गोरूको पनि शव यात्रा निकालेपछि …..

Published: (Updated: ) in विविधा by .

हाम्रो छिमेकी देश भारतमा बेला–बेला अनेक अपत्यारिला घटना हुन्छन् । यस्तैक्रममा अहिले एउटा विषय चर्चामा छ ।

बिहारको गया जिल्लाको बडा बजार क्षेत्रमा शनिबार एक निकै रोचक दृश्य देखियो । उक्त सहरमा ‘हर–हर महादेव’को भन्दै मरेको गोरुको शवयात्रा निकालियो ।

आखिर मरेको गोरुको शवयात्रा किन निकालियो होला त ? यसको पछि केही कारण छन् ।

मरेको गोरुलाई बेलगाडामा राखेर कात्रो र फूलले सजाइएको थियो । पछि स्थानीयले सहरमा कुनै राजनेता मरेझैं गरी गोरुको शवयात्रा सहरभरि गराए ।

खबरअनुसार १० वर्ष उमेरको उक्त गोरु सहरमा ‘बादशाह’ नामले परिचित थियो । कतिपयले उसलाई सहरको ‘डन’ पनि भन्थे । उक्त गोरुलाई बाहिरबाट एक व्यवसयीले किनेर सहर ल्याएका थिए ।

तर, गोरु विषाक्त खानेकुरा खाएर मरेपछि उसको आत्मको शान्तिका लागि शव यात्रा निकालेको स्थानीयले बताए । गोरु फिँज काडेर ढलेपछि स्थानीले डाक्टर बोलाए पनि गोरुको ज्यान भने बचेन ।

सहरमा चिनिएको उक्त गोरुलाई स्थानीयले विधिपूर्वक अन्तिम संस्कार गर्ने निर्णयअनुसार शव यात्रा निकालेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *