Sajhamanch Archive

फाइनलमा कमल र काँकडभिट्टा भिड्ने पक्का

Published: (Updated: ) in खेलकुद by .

बिर्तामोड । कमल गाउँपालिकास्थित कमल स्पोर्टिङ क्लब बिर्तामोडमा जारी १६ वर्षमुनिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा दमक स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ३–१ गोलअन्तरले पाखा लगाउँदै कमलले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो । अब उपाधिका लागि कमलले आइतबार काँकडभिट्टाको सामना गर्नेछ ।

बिर्तामोड–२ चारपानेस्थित अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा कमलका तर्फबाट विजय मगर, सोयङ राई र दर्शन हेमरमले गोल गरे । दमकका तर्फबाट ओमप्रकाश तामाङले मात्र गोल गर्न सके । खेलको म्यान अफ दी म्याच कमलका गोलरक्षक मनिष मगर घोषित भए । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे ।

२८ असोजसम्म सञ्चालन हुने प्रथम बिर्तामोड ‘अण्डर सिक्स्टीन’ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा झापाका उत्कृष्ट ८ टीमको सहभागिता थियो । खेलले युवामा स्वस्थ प्रतिस्पर्धी भावनाको विकास गराउने भएकाले दशैँको अवसर पार्दै खेलको आयोजना गरिएको हो । खेलको बिजेता टिमले नगद ३५ हजारसँगै कप, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै उपविजेताले २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट फरवार्डलाई समेत नगद ३ हजार पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । हाई स्कोरर र म्यान अफ टुर्नामेन्टलाई नगद ४ हजार प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार नगद पुरस्कार दिने आयोजकले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *