Sajhamanch Archive

विर्तामोडमा हट एण्ड स्पाइसि वर्गर कर्नर सञ्चालन

Published: (Updated: ) in विविधा by .

विर्तामोड । बढदो शहरीकरण र अखाद्य बस्तुको मात्रा बढीरहेको बेला झापाका केही व्यवसायी युवाहरुले हट एण्ड स्पाइसि वर्गर कर्नर झापाको बिर्तामोडमा संचालन गरेका छन ।

झापाका ६ जना व्यवसायीको लगानीमा संचालनमा ल्याइएको व्यवसायको आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भटराईले उदघाटन गरेका छन् ।

कर्नरका संचालक केशब मैनालीको अध्यक्षता रहेको कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष एक राज गिरीले व्यवसायिक सफलताको शुभकामना दिए । पर्यटकीय नगरी पोखरामा दश वटा शाखा लगायत गोर्खा, म्यादी, चितवन, इटहरी हँुदै झापामा पहिलो पटक कर्नर संचालनमा ल्याइएको हो ।

कर्नरमा भेज नन्भेज, वर्गर, पिजा, मम, ससेस, स्याण्डविच लगायतका परिकार अन्तराष्ट्रिय स्तरको गुणस्तर र स्वाद नै बिषेशता रहेको संचालक अरुण श्रेष्ठले बताए । फ्रि वाई फाईसहितको वर्गर सेन्टर १५ लाख रुपैया लगानीमा संचालनमा ल्याइएको अर्का संचालक श्रमण पन्जियारले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *