Sajhamanch Archive

सन्दीपको अर्को यात्रा

Published: (Updated: ) in खेलकुद by .

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विश्वचर्चित स्टार सन्दीप लामिछाने शुक्रबार युएइ प्रस्थान गरेका छन्।

एसिया पूर्विक्षेत्रिय छनोटमा कीर्तिमानी प्रदर्शन गरेका सन्दीप अफगान प्रिमियर लिगमा कान्धार नाइट्सका लागि छनोट भएपछि त्यसतर्पफ प्रस्थान गरेका हुन्। नेपाली राष्ट्रिय क्रिकेट टिमले उपाधि जित्दा निर्णायक भुमिका निभाएका सन्दीप एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीका रुपमा समेत रहे। उनले राष्ट्रिय टिमबाट सर्वाधिक २४ विकेट लिंदै नयाँ कीर्तिमान कायम गरे।

सन्दीपले जारी अफगानिस्तान प्रिमियर लिगमा कान्धार नाइट्समा अनुबन्धन भएपनि उनले महत्वपुर्ण तीन खेल गुमाइसकेका छन्। सन्दीपले जारी प्रतियोगितामा २४ विकेट लिंदै वसन्त रेग्मीको नाममा रहेको कीर्तिमान भंग गर्दै नयाँ इतिहास बनाए। यु–१९ अन्तराष्ट्रिय प्रतियोगितामा भने २३ विकेट लिईसकेका छन्।

यसअघि सो कीर्तिमान वसन्त रेग्मीको नाममा थियो। उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए। उमेर समूहमा पनि सन्दीपका नाममा नै सर्वाधिक विकेटको कीर्तिमान रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *