Sajhamanch Archive

नेपाल लेखापढी कानून व्यवसायीले बुझायो ज्ञापन पत्र

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन इकाई समिति भद्रपुर झापाले भुमिसुधार तथा मालपोत कार्यलय भद्रपुरमा ज्ञापन पज्ञ बुझाएको छ । कानून व्यवसायी एसोसियसनले विभिन्न ७ वटा माग राख्दै मालपोत कार्यलयलाई ज्ञापन पत्र बुझाएको हो ।

कानून व्यवसायी परिषद् २०५० लेखापढी व्यवसायी सम्बन्धी कानूनी व्यवस्था २०५१ को अधिनमा रहि न्यायिक तथा अर्ध न्यायिक निकायको मस्यौदा गर्ने २०५४ को दफा ४१, ४२, ४३ को व्यवस्था सम्बन्धमा उत्पन्न भएको सेवाग्राही तथा व्यवसायीहरुको समस्याका सम्बन्धमा लिखित रहेको ज्ञापन पत्रमा जनाइएको छ ।

ज्ञापन पत्रमा उल्लेख भएअनुसार मागको सम्बोधन नहुन्जेर व्यवसायीहरुबाट भूमिसुधार तथा मालपोतकार्यालयमा कुनै पनि लिखित कार्यहरु नगर्न भनि व्यवसायीहरुले जनाएका प्रतिवद्धता जनाएका छन् ।

एशोसिएसन भद्रपुर इकाईका अध्यक्ष महेश न्यौपाने र सचिव महेन्द्र खतिवडाले हस्ताक्षर गरेर दुईवटै कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।

७ बुँदे उक्त ज्ञापनपत्रमा सेवाग्राहीहरुलाई प्रदान गर्नुपर्ने लिखत सहज र सरलरुपमा उपलब्ध गराउनुपर्ने, कार्यालयभित्रको काम छिटो छरितो र चुस्त एवम् स्वच्छ बनाउनुपर्ने, सेवा प्रवाहमा सहजता ल्याउन टोकन प्रणाली अवलम्बन गर्नुपर्ने, विद्युतीय प्रणालीमा काम गर्ने कर्मचारी दक्ष हुनुपर्ने तथा जग्गा धनी प्रमाण पूर्जामा दस्तखत र फोटो प्रष्ट हुने ब्यवस्था गर्नुपर्ने रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *