Sajhamanch Archive

गाउँपालिका मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ५ का स्थानिय बासीले आफुले बसोबास गरेको जग्गाको लालपुर्जा माग गर्दै कमल गाउँपालिका मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

साविक लखनपुर १ हाल कमल गाउँपालिका वडा नम्बर ५ सिम्ले क्याम्पामा २०३८ सालदेखि वसोवास गरे पनि हालसम्म लालपुर्जा नपाएकोले लालपुर्जा पाउँ भनि शनिबार गाउँपालिकामा ज्ञापन पत्र बुझाएको हो । स्थानिय बासीको टोलीले कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझेपछि अध्यक्ष काफ्लेले चुनावका बेला पार्टीले घोषणा पत्रमा नै अव्यवस्थित वसोवासलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएकाले गाउँपालिका पनि यो समस्या समाधान गर्न लागेको बताईन् ।

यसैगरी अहिले कमल गाउँपालिकामा बसोवास गर्ने धेरै जग्गा धनिको मोठ कायम, कित्ताकाट जस्ता समस्या भएकोले पनि त्यो समस्या हल गर्न गाउँपालिका आयोग बनाएर अगाडी बढ्ने समेत अध्यक्ष काफ्लेले जानकारी दिइन् ।

हाल क्याम्पामा मात्र २ सय ९८ घर परिवार बसोवास गर्दै आएका छन् । त्यहि बसोवासको आधारमा जिल्ला शिक्षा कार्यलयबाट स्वीकृती लिएर शहिद रत्न आधारभुत विद्यालय, जिल्ला विकास समितीको तर्फबाट नदिकटान न्युनिकरण सम्बन्धि उपभोक्ता समिति गठन भएको र गाउँपालिकाबाट विभिन्न व्यापार व्यवसाय सन्चालन दिएका पमाणपत्र भएपनि आफुले लालपुर्जा नभएका कारण कुनै पनि कामगर्न नसकेको समितिका अध्यक्ष चुरुङहाङ्ग लावतीले जानकारी दिए ।

३७ वर्ष देखि बसोवास गर्दै आएपनि अहिलेसम्म आफुले बसोबास गरेको जग्गाको नाप जाँच, फिल्ड बुक समेत नभएको हँुदा जोतभोगको आधारमा जग्गा धनिपुर्जा उपलब्ध गराउनका लागी गाउँपालिकामा मार्फत विभिन्न कार्यलयमा ज्ञापन पत्र बुझाएको समितिका सचिव विर वहादुर चेम्जुङ्गले जानकारी दिए ।

कमल गउँपालिका ५ सिम्लेका साथै गाउँपालिकाका प्रत्येक वडामा रहेका अव्यस्थित बसोवासलाई व्यवस्थित गर्न, जग्गाको मोठ कायम, कित्ताकाट गर्न आयोग बनाएर गाउँपालिका अगाडी बढ्ने कमल गाउँपालिका उपाध्यक्ष वेनु सिवाकोटीले जानकारी दिए ।

कमल गाउँपालिका ५ सिम्लेका जनताले वषदेखि जोतभोग गर्दै आएको जमिनको धनिपुर्जाका लागी धेरै अगाडीदेखि स्थानीयले संघर्ष आईरहेका छन् । तर अहिले सम्म पाउन नसकेका छैनन् । यस पटक स्थानीय निकाय सरकारमा आफैले चुनाव जिताएर पठाएका जनप्रतिनिधि छन् । त्यसैले समस्या समाधान हुने आशा रहेको स्थानीयको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *