Sajhamanch Archive

हिमआँधीमा परेर मृत्यु भएकाहरुको उद्धारमा समस्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

म्याग्दी । म्याग्दीको गुर्जा हिमालको आधार शिविरमा हिम आँधीमा परेर मृत्यु भएकाहरुको उद्धारमा समस्या भएको छ ।

धौलागिरि गाउँपालिका–१ मा रहेको गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु भए पनि उनीहरुको शव ल्याउन नसकिएको हो ।

खराव मौसमका कारण हेलिकोप्टर बस्न नसक्दा मृतकको शव ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीको मृत्यु भएको छ । खोंच र अप्ठ्यारो भीरमा रहेका कारण उपकरणविना शव उठाउन सकिएको छैन ।

सिम्रिक एअरको हेलिकप्टर पोखरा आएर बसेकाले आज शवको उद्धार गरिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

पर्वतारोहीहरु हिम पहिरोमा परेको खबर आएपछि गुर्जा हिमालको आधार शिविरमा गुर्जा गाउँबाट १६ जना स्थानीय पुगेका थिए ।

७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको बताइएको छ ।

हिमआँधीकै कारण दुर्घटना भएको बताइएको छ । हिजो बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगे पनि अवतरण गर्न नसकेपछि फर्किएको थियो ।

कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गुर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो । त्यही बेला हिमआँधी आउँदा दुर्घटना भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *