Sajhamanch Archive

सामुदायिक बचत तथा ऋण सहकारीमा पुनः पोखरेल

Published: in सहकारी by .

भद्रपुर । झापा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर झापाको हालै सम्पन्न साधारण सभा तथा अधिवेशनले आगामी ४ वर्षे कार्याकालका लागी पुन विवेक पोखेलको नेतृत्व ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा हरि गौतम सचिवमा सुरेस श्रेष्ठ सह सचिवमा भरत पोख्रेल, कोषध्यक्षमा कल्पना पोख्रेल, त्यसैगरी सदस्य हरुमा टिकाराम उप्रेति , राजन खनाल , उर्मिला गौतम मिन प्रसाद पोख्रेल, घनश्याम अधिकारी र निर्मला भट्टराई रहेका छन् भने भव कृष्ण न्यौपानेको संयोजकत्व मा ३ सदस्यीय लेखा समिति समेत सर्वसम्वत चयन भएका छन ।

सहकारीका अध्यक्ष बिवेक पोख्रेलको सभापतित्व तथा भद्रपुर नगरपालिकाका मेयर जविन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घान शत्रमा राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष वाषिष्ठ अधिकारी , भद्रपुर नगरपालिका वाड ठ का अध्यक्ष विनोद पोख्रेल जिल्ला सहकारी संघका खडान्द गुरागाई जिल्ला वचत तथा ऋण सहकारी का घनश्याम अधिकारी लगायत ले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

सस्थाका अध्यक्ष विवेक पोख्रेलले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गदै संस्थामा १४४७ शेयर सदस्य रहेको ७२ लाख २९ हजार ९ सय शेयर पुँजी रहेको जनाउदै आ ब २०७४।०७५ मा सस्थाले ४करोड रुपैयाँ भन्दा वढीकोको कारोवार गर्दै ४१ लाख ५८ हजार २८ रुपैयाँ खुद नाफा कमाउन सफल भएको वताए ।

कार्यक्रममा कुन्ता चापागई र प्रदिप शुव्वा लाई उत्कृष्ट वचतकर्ता कोरुपमा पदम माया कार्की र संजय शंखरलाई उत्कृष्ट ऋणिको रुपमा तथा नन्दमाया निरौला रतेज बहादुर श्रष्ठ लाई जेष्ठ सदस्यको रुपमा सम्मान गरिएको कार्यक्रम मा स्वागत मन्तव्य उपादक्ष हरी गौतम ले र संचालन सचिव भवकृष्ण न्यौपाने ले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *