Sajhamanch Archive

खुद्रा बचत तथा ऋण सहकारीमा बजगाईं

Published: (Updated: ) in सहकारी by .

दूधे । शिवसाक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा नारायण प्रसाद बजागाईँ निर्वाचित भएका छन् । शनिबार भएको मतदानबाट बजागाइँ निर्वाचित भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा जापान थेवे निर्वाचित भएका छन् । सदस्यहरुमा अग्नीप्रसाद दुलाल, डिल्ली रमण खतिवडा, सन्तोष भण्डारी, पशुपति दाहाल, जगतबहादुर तुम्बापो, राजकुमार ठाकुुर, गोमा शाही, निर्मला प्रधान र शिवकुमार योङ्या रहेका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा गोविन्द काफ्ले र सदस्यहरुमा टिका बाँस्कोटा र रामप्रसाद योङ्हाङ निर्वाचित भएका छन् । सबै निर्वाचित सदस्यहरुलाई आइतबार सहकारीको कार्यालयमा प्रमाण पत्र वितरण र पद तथा गोपनियताको सपथ लिएको निर्वाचन अधिकृत डामकुमार कुँवरले बताए । गएको आश्विन ६ गते भएको अधिवशेनमा सर्वसम्मत हुन नसेपछि समिति चयन चुनावी प्रकृयाबाट भएको अधिकृत कुँवरले जानकारी दिए ।

कार्यक्रममा लाइन्स क्लब अफ शिवसताक्षीका चार्टर प्रेसिडन्ट यामनाथ काफ्ले निर्वाचित सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । निवर्तमान अध्यक्ष सन्तोष मैनालीले निर्वाचित सदस्यहरुलाई खादा तथा अविर लगाएर स्वागत गरेका थिए । कार्यक्रमको स्वागत प्रभाखर भण्डारीले गरेका थिए भने सञ्चालन यादवप्रसाद घिमिरेले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *