Sajhamanch Archive

आजदेखि सर्वसाधारणले श्रीपेच हेर्न पाउने !

Published: in राष्ट्रिय समाचार by .

काठमाण्डौ । आजसम्म दरबार र सुरक्षा घेराभित्र सीमित रहेको शाह वंशको विरासतका रूपमा रहेको श्रीपेच आमजनताले पनि हेर्न पाउने भएका छन् ।

आजदेखि नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच, राजदण्डलगायतको प्रदर्शनी हुँदैछ । यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । उद्घाटनपछि नारायणहिटी दरबार संग्रहालय पुगेका आमसर्वसाधराणले शाह वंशले लगाएको श्रीपेच हेर्न पाउने छन् ।

अब सुर्खेत र रूपन्देही कक्षमा श्रीपेच राजदण्ड, तात्कालीन रानीको मुकुट (टायरा), तरबार, राजदण्ड, झारी, चमरलगायत महत्त्वपूर्ण र ऐतिहासिक सामग्री राखिनेछ, जसलाई संग्रहालय पुग्ने सर्वसाधारणले सजिलै अवलोकन गर्न पाउँछन् ।

सर्वसाधारणका लागि खुला गरिएको श्रीपचेको सुरक्षाको जिम्मा पुरातत्त्व विभागले लिएको छ । श्रीपेच बुलेट प्रुफ सिसासहितको सोकेसमा राखिने छ ।

सरकारले ५ वर्षअघि नै श्रीपेचलाई सर्वसाधारणका लागि हेर्न खुला गरिने बताए पनि सो घोषणाको कार्यान्वयन हुन सकेको थिएन । घोषणाको ५ वर्षपछि अब श्रीपेच सर्वसाधारणले हेर्न पाउने भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *