Sajhamanch Archive

निजी विद्यालयलाई राज्यबाट उपेक्षा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । प्याप्सन कमल र कमल गाउँपालिकाका पदाधिकारी बीच आईतवार साँझ परिचयात्मक तथा वडा दशैं, तिहार तथा छैठ पर्व २०७५ को उपलक्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले निजी विद्यालयले पनि प्राविधिक शिक्षामा जोड दिन आग्रह गरिन् । उनले अहिलेको शिक्षाले मात्र विकास सम्भव नहुने भएकोले प्राविधिक धारका विषयमा लाग्न निजी विद्यालयहरुका प्रिन्सिपलहरुलाई सुझाइन् ।

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले हाम्रो शिक्षा समय अनुकुल नभएका कारण लाखौं युवा विदेश पलायन भएकाले देश विकासमा यसले ठुलो असर पुगेको बताए । उनले व्यवहारिक शिक्षामा सबैले जोडदिने बेला आएकाले त्यसतर्फ लाग्न निजी सञ्चालकहरुलार्ई अनुरोध गरे ।

प्याप्सन झापाका सचिव गौरीमान फागोले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण फरक हुन आवश्यक रहेको बताउँदै निजी विद्यालयले राज्यलाई दिनु पर्ने २६ प्रतिशत कर तिरेर समाजमा समाजिक उत्तर दायित्व वहन गरिरहेको बताए । निजी क्षेत्रलाई आज राज्यबाट उपेक्षा गरिएको भन्दै उनले अवका दिनमा निजी र सामुदायिक विद्यालयलाई राज्यले हेर्ने आँखा एउटै हुनु पर्नेमा जोड दिए ।

त्यसैगरी कमल गाउँपालिकाका शिक्षा प्रमुख भोला दाहालले स्थानिय साशन ऐन २०७४ शिक्षा निमावली जारी गर्ने क्रममा केहि समस्या भए त्यसलाई गाउँपालिकासँग बसेर समाधान गर्ने बताए ।

प्याप्सन कमलका अध्यक्ष बदीराम राईको सभापतित्वमा भएको कार्यक्रममा कमल गाउँपालिका भित्र रहेका भित्र रहेका १९ वटा निजी विद्यायलका सञ्चालकसहित , स्रोतव्याक्ति केशव भट्टराई, वडा अध्यक्षलगायकको उपस्थिति रहेको थियो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *