Sajhamanch Archive

नवोदयले दियो ज्येष्ठ नागरिकलाई दशैं खर्च

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित नवोदय बहुउदेश्यीय सहकारी संस्थाले ज्येष्ठ नागरिकलाई दशैं खर्च वितरण गरेको छ । संस्थाले सोमबार कार्यक्रमका बीच ज्येष्ठ नागरिकलाई दशैं खर्चसहित वडा दशैं तथा दिपावलीको शुभकामना दिइएको थियो ।

कार्यक्रममा संस्थामा आवद्ध ७० वर्ष भन्दा माथिका २३ जना जेष्ठ सदस्यलाई संस्थाका अध्यक्ष दिलिप कुमार चापागाईले प्रति सदस्य एक हजार रुपैयाका दरले दशै खर्च प्रदान गरेका हुन् ।

संस्थाले सञ्चालन गरेको जिवन वरदान कोषमा सदस्यले प्रति वर्ष ५ सयका दरले जम्मा गरेमा सुत्केरी पोषण सुविधा वापत १ हजार दिइने प्रावधान छ । त्यस्तै बालबालिका बचत तर्फ बालिकालाई १ हजार, सदस्यको मृत्यु भएमा २० हजार, सदस्यको श्रीमान वा श्रीमतीको मृत्यु भएमा १० हजार, जटिल प्रकारका रोग लागेमा ५ हजार, एकै परिवारका सदस्यको मृत्यु भएका ५ हजारका दरले बढीमा २५ हजारसम्म सस्थाले उपलब्ध गराउदै आएको संस्थाका उपाध्यक्ष शरण कुमार पराजुलीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *