Sajhamanch Archive

डुंगा पल्टिँदा दुई जना बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कैलाली ।  कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ चिसापानीमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा दशैंको अवसरमा चिसापानी घुम्न गएका बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय चिसापानीले दिएको जानकारी अनुसार डुंगा पल्टिदा कैलालीको जोशीपुर गाउँपालिका–६ का २३ वर्षका पुरुषोतम  चौधरी र वडा न २ का २२ वर्षका समीर बडेला कर्णाली नदीमा बेपत्ता भएका हुन् । काठको सानो डुंगामा पाँचजना चढेपछी डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *