Sajhamanch Archive

झापाका अधिकांश मासु मापदण्ड विपरित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा खुलेका अधिकांस मासु पसल लथालिङ्ग अवस्थामा चलेको भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिले गरेको अनुगमनका क्रममा मासु पसलको अवस्था नाजुग भएको फेला परेको हो ।

उपभोक्ताको भिड लाग्ने र व्यस्त बजारमा गरिएको अनुगमनका क्रममा मूल्य सूची नभएको, फोहोर र झिंगा भन्किएको अवस्थामा माछा, मासु बिक्री भइरहेको भेटिएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताए ।

टोलीले बजार क्षेत्रमा बढी उपभोत्ता आवत जावत हुने स्थानमा रहेका होटलको पनि अनुगमन गरेको छ ।

होटलमा पनि बासी मासु फ्रिजमा राखेर बिक्री गर्ने गरिएको पाइएको, किचन सफा नभएको भेटिएको छ ।

अनुगमनको कार्यविधि बनाएर उपभोक्ताको स्वास्थ्यमा असर पार्ने सामान बिक्रीवितरण गर्नेलाई कारबाही गर्ने बिर्तामोड नगरपालिकाका प्रवक्ता पाण्डेले जानकारी दिए ।

इमेज खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *