शहिद धर्मभक्तमा शुभकामना आदान प्रदानसहित सांस्कृतिक कार्यक्रम
Published: (Updated: )
by .
कमल । झापाको कमल ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयका पूर्व विद्यार्थी मञ्च नेपालको आयोजनामा आज शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयले आफ्नो ५० वर्ष पुरा गरेको उपलक्ष्यमा स्वर्ण महोत्सव समारोह मनाउने तयारी गरिरहेका बेला सोही कार्यक्रमको प्रचार प्रसार गर्ने क्रममा शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
वि.सं. २०२६ सालमा स्थापना भएको विद्यालयले आगामी २०७५ साल माघ १६ देखि विभिन्न कार्यक्रम गरी सप्ताह व्यापीरुपमा स्वर्ण महोत्सव समारोह मनाउने तयारी गरेको छ ।
पूर्व विद्यार्थी परिचालन समितिका संयोजक शिव ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक काजिमान पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र गुरुङ्ग, मदन आश्रित क्याम्पसका प्रमुख हेमनाथ अधिकारी, आर्थिक मामिला मन्त्रालयका उपसचिव तुलसी निरौला लगायतले कार्यक्रमको सफलता साथै दशैको शुभकामना दिएका थिए ।
कार्यक्रम नेपाल आइडल सिजन टु की प्रतिश्पर्धी अस्मिता अधिकारीले आफुलाई नेपाल आईडलको प्रतियोगितामा विजय गराउनका लागी भोट माग्दै आफ्नो प्रस्तुति गरेकी थिईन् ।
विभिन्न स्थानिय र राष्ट्रिय कलाकारले गायन, नृत्यका साथै कमेडी प्रस्तुत गरेका थिए । कार्यक्रम पूर्व विद्यार्थी राम रिमालले सन्चालन गरेका थिए भने लेखनाथ खतिवडाले स्वगत मन्तव्य राखेका थिए ।
Comments