Sajhamanch Archive

गजलकार घिमिरेको एकल शब्दमा ‘अन्तिम पत्रको’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by .

शिवसताक्षी । गजलकार दिलिप घिमिरेको एकल शब्द र गायक तथा संगीतकार बिरेन रसाइलीको एकल स्वरमा नयाँ साङ्गीतिक गजल एल्बम तिम्रो यादको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

झापाको शिवसताक्षी–१ निवासी सुन्दर गजल सृजना गर्ने स्रष्टा हुन दिलिप घिमिरे ।सूर्योदय टेलिभिजन बिर्तामोडमा साहित्यिक कार्यक्रमका कुशल प्रस्तोता समेत रहेका घिमिरेर्ले तिमीलाई सम्झेपछि’गजल सङ्ग्रह र दुई दर्जनभन्दा बढी साङ्गीतिक गीत,गजलहरु यस अघि नै बजारमा ल्याइएका छन् ।

विभिन्न साहित्यिक सभा समारोहमा मन छुने गजल सुनाएर श्रोतालाई मन्त्रमुग्धबनाउने दिलिपको गजल वाचन शैली विशिष्ट छ । माया–पिरतीको आरोह–अवरोहमा पिङ खेलिरहेका युवा–युवतीले उनको गजलमा आफ्नै कथा– व्यथा महसुस गछन् ।वियागको पीडा र मिलनको आशालाई दिलिपले कलात्मक ढङ्गले यो साङ्गीतिक गजलमा प्रत्यारोपण गरेका छन् ।
विगत एक दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय बिरेन रसाइली अमेरिकाको पेन्सलभनिया निवासी अब्बल गायक तथा संगीतकार हुन् ।

खुसी उमङ्ग जस्ता दर्जनौ हिट गीत,गजल दिइसकेका बिरेन रसाइलीको एकल गायन र दिलिप घिमिरेको एकल शब्दमा रहेको यो एल्बममा ६ वटा साङ्गीतिक गजल रहेका छन् ।

तिम्रो याद एल्बमको शिर्ष साङ्गीतिक गजल बजारमा भिडियो सहित यस अघि नै आइसकेको छ । अन्य गजल गीतहरुमा चर्चित संगीतकारहरुको संगीत समावेश गरिएको छ ।

वर्तमान अवस्थामा अत्याधिक वैदेशीक मोहका कारण सम्बन्धमा दरार परिरहेको यर्थाथ चित्रण गरिएको यस म्युजिक भिडियोमा देवेन्द्र नेवाले संगीत संयोजन गरेको यस म्युजिक भिडियामा केकी अधिकारी,बिम्लेश अधिकारी र अभिषेक सुनारले अभिनय गरेका छन् ।एराउण्ड टाउन होमकेयरले निर्माण गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।प्रकाश धितालको कुशल निर्देशनमा बनेको भिडियोलाई बिरेन रसाइलीको अफिसियल मार्फत सार्वजनिक गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *