Sajhamanch Archive

प्रधानमन्त्रीद्वारा बडा दशैंको शुभकामना, देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नु भएको छ ।

वडा दशैं २०७५ को अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्रीओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सरकारले सर्वोपरी महत्वदिएको उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अघि बढाउन जनताले दिएको अवसरलाई गुम्न नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

“देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ ”प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ “देशलाई आर्थिक सामाजिक रुपान्तरणको बाटोमा तीव्र गतिका साथ अग्रसर गराउन जनताले अभिभारा हामीले शिरोपर गरेका छौं । यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिइदैन ।”

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्ने आफ्नो चाहना रहेको उल्लेख गर्नु भएको छ । देशमा काम गर्न सक्ने उमेर समुहको जनसंख्याको बाहुल्यता नै देशको समृद्धिको एउटा प्रमुख आधार भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ । नेपालीहरु रोजगारीका लागि विदेशी भूमिको समृद्धिका लागि अहोरात्र खट्नु पर्ने अवश्यक्ताको अन्त्य गर्दै स्वदेश मै आकर्षक रोजगारीको व्यवस्था गरेर देशलाई समृद्ध बनाउन सरकार प्रयत्नशिल रहेको प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *