Sajhamanch Archive

विश्वभरका बौद्ध धर्मावलम्बीले मनाए २२८० औं शस्त्रअस्त्र परित्याग दिवस

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । विश्वभरका बौद्ध धर्मावलम्बीले २२८० औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् ।

बौद्ध विहार, गुम्बा र अशोक स्तम्भ तथा शिलालेख भएको ठाउँमा बौद्ध पाठ गरी शस्त्रअस्त्र परित्याग धम्म दिवस मनाउने परम्परा छ ।

बौद्ध धर्माबलम्वीहरु अशोक विजयादशमीको रुपमा शस्त्रअस्त्र परित्याग दिवस मनाउने गर्दछन् ।

ईसा पूर्व २६१ मा कलिंग युद्धमा सम्राट अशोक र उनका सेनाले एक लाखभन्दा बढी मानिस मारेको, लाखौंलाई घाईते तथा अपांग बनाएको र १ लाख ५० हजारभन्दा बढीलाई देश निकाला गरेको इतिहासमा उल्लेख छ ।

कलिंग युद्धबाट अशोक सम्राट चक्रवर्ती कहलाइए पनि यो युद्धमा भएको मानवीय क्षतिपछि विरक्तिएर अशोकले अस्त्र परित्याग गरेका थिए ।

त्यसपछि भिक्षु उपगुप्तबाट बौद्ध धर्म ग्रहण गरी अशोकले विश्वभर बौद्ध धर्म र शान्तिको प्रचार गरेको ऐतिहासिक तथ्य छ ।

यही दिनको सम्झनामा बौद्ध धर्माबलम्वीले अशोक विजयादशमी मनाउने गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *