Sajhamanch Archive

भारतको अमृतसरमा रेलले ठक्कर दिंदा ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो सडक दुर्घटना भएको छ ।

पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् ।

अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो ।

स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको थियो ।

त्यही वेला पछाडिबाट आएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो ।

अमृतसर प्रहरीका कमिस्नर सुधांश शेखरले कम्तिमा ६० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालाई ह्रदयविदारक भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *