Sajhamanch Archive

कैदीलाई सिडिओले कारागारमै लगाइदिए टिका

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

रामेछाप ।  मुलककै पुरानो कारागार मध्येकै एक मानिने जिल्ला कारागार शाखा रामेछापका कैदीबन्दीहरुले सरकारले महान चाडका अवसर पारेर कैदी बन्दीहरुलाई दिदै आएको कैद मिनाहा गरी जेलमुक्त गराउने कार्य यस बर्ष नगरेको गुनासो गरेको छन्। सरकारको यस्तो कदमले आफुहरुमा निराशा छाएको कैदीबन्दीहरुले बताएका छन्।

बडादशै २०७५ को अवसरमा शुक्रवार कारागार शाखामा रहेका कैदीहरुलाई टीका लगाउन पुगेका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको हातबाट टीका ग्रहण गर्दै त्यहाँ रहेका कैदी बन्दीहरुले उक्त गुनासो गरेका हुन। कारागार स्थापना भएदेखि नै आन्तरिक व्यवस्थापनबाट मात्र दशैको टिका लगाउने कैदीबन्दीहरुले यसबर्ष भने पहिलो पटक प्रमुख जिल्ला अधिकारीबाट कारागार हाता भित्र नै टिका तथा जमरा लगाएका हुन। विभिन्न अभियोगमा कैद भुक्तान गरिरहेका कैदीहरुले प्रमूख जिल्ला अधिकारीले कारागारमा नै आएर टीका लगाउदा आफुहरुलाई खुशी मिलेको चौकीदार राम कुमार प्याकुरेलले बताए।

उनले यस भन्दा अघि पनि कैदीहरु सामुहिक रुपमा भोज खाने र कारागारा भित्रका व्यक्तिहरुबाट टिका लगाउने गरिएको भएता पनि यसबर्ष भने कारागारकै इतिहासमा प्रमुख जिल्ला अधिकारी नै आएर कैदीहरुलाई टीका लगाइदिएको यो पहिलो पटक भएको भएको बताए। उनले यस्तो कार्यले कैदी बन्दीहरुमा खुशी छाएको समेत बताए। उनले यसरी टिका लगाउन पाएको खुशी व्यक्त त गरे तर सरकारले विशेष अबसर पारेर लामो समय कैद भुक्तान गरी सकेकाहरुलाई कैद मिनाह गर्ने प्रचलन यस बर्ष नगरेकोमा दुःख व्यक्त गर्दै सो को निरन्तरताको लागि आग्रह समेत गरेका छन्।

दशैको टिका नलगाएका अर्का कैदी देबकुमार मेहताले भनै दशैको अवसर पारेर प्रमुख जिल्ला अधिकारी नै आएर टिका लगाइदिनु सबै बन्दीहरुका लागि खुशीको कुरा रहेको उल्ल्लेख गर्दै सरकारले कैद मिनाहा गर्ने परिपाटीलाई यस बर्ष रोकेकोमा दुःख प्रकट गर्दै सो को निरन्तरताका लागि पहल गर्न प्रजिअसँग अनुरोध गरे।

उनले बडादशैमा त सरकारले सकेन तर गणतन्त्र दिवस या अन्य कुनै बेलामा पारेर भएपनि एक चरणको प्रक्रिया पार गरि सकेको कैदीबन्दीहरुलाई केही समयको कैद मिनाहा गरी रिह गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। कारागारमा रहेका २ सय ८६ कैदी बन्दी मध्ये करिब १ सय जतिले प्रजिअको हातबाट बडादशैको टिका लगाएका थिए।

विभिन्न अभियोगमा कानुन बमोजिमको सजाय भुक्तान गर्न घरपरिवार छाडेर आएका कैदीहरुमा पनि सामाजिक परम्परालाई निरन्तरता दिनु पर्छ भन्ने सन्देश दिनका लागि आफुहरुले उनीहरुलाई टीका लगाएर सम्मान प्रदान गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए। उनले कैद मिनाहाका सम्बन्धमा सरकारको निदेर्शन बमोजिम गर्नु पर्ने भएकाले त्यसका लागि आफुले सकेको पहल गर्ने आश्वासन समेत दिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *