Sajhamanch Archive

१०० वर्षको उमेरमा बेहुली

Published: in विविधा by .

नेपालको सरकारी तथ्यांकअनुसार नेपालीको औसत आयु ६५ वर्ष रहेको छ। त्यस्तै २० वर्षपछि विवाह गर्ने कानुनी मान्यता छ।

नेपालमा १०० सम्म पनि बाँच्नेहरु पनि बिरलै भेटिन्छन्। तर एक महिलाले १०० वर्षमा विवाह गरेकी छिन्। यो खबर सुन्ता तपाईलाई अचम्म लाग्न सक्ला तर अचम्म नमान्नुस् वेलायतकी एक महिलाले १०० वर्षीया वृद्धा ७४ वर्षे वृद्धसँग विवाह बन्धनमा बाँधिएकी हुन्। १०० वर्षीया नोरा विट्किसले पहिलो विवाह भने आफू १८ वर्षको हुँदा गरेको थिइन्।

सन् १९७० मा उनका पहिलो श्रीमानको मृत्यु भयो। त्यसपछि उनी लगभग १० एक्लै रहिन्। त्यसपछि उनको भेट १९८० मा एक होटलमा काम गर्ने कुकसँग भयो। उनीहरुको भेट विस्तारै पे्रममा परिणत भयो, उनको यो क्रम तीस वर्षसम्म चलिनै रह्यो । यसबीचमा उनीहरु सगै बस्दै (लिभिङ टुगेदर)मा थिए। ३० वर्ष लामो लिभिङ टुगेदर पछि यो जोडी बैबाहिक बन्धनमा बाँधिएको हो।

नोरा एक महिना पछि १०० वर्ष पार गर्दै छिन्। नृत्यंगानासमेत रहेकी नोराले आफूले १०० मा विवाह गर्न पाँउदा खुसी रहेको र असल श्रीमान पाएको बताइन। त्यस्तै उनका श्रीमान म्यालमले भने आफ्नी श्रीमती असल भएको र १०० पार गर्दापनि सुखदुःखमा साथ विताउँन पाउँदा अत्यन्तै खुसी भएको बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *