Sajhamanch Archive

काम नगर्ने मन्त्रीलाई हटाउन नेकपाकै नेताको माग

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने, ‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन् । आजको भोलि नै सबै काम हुँदैन् । समय लाग्छ । ५ वर्षमा गर्ने काम आजै हुँदैन् ।’

नेता बडालले अप्राकृतिक मुल्यवृद्धि यदि भएको छ भने सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, ‘सरकारको विकल्प खोज्दा अस्थिरता निम्तिन्छ । सरकारलाई सफल बनाउनको लागि सबैको सहयोग चाहिन्छ । राष्ट्रको समृद्धि, निर्माण र विकास एकल पार्टीले गर्न सक्दैन् । एकतावद्ध प्रयास भयो भने देशको समृद्धि सम्भव हुन्छ।’

उनले मन्त्रिमण्डल फेरबदल गर्नुभन्दापनि गल्ती गर्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘मन्त्रिमण्डल फेरबदल गरेर हुँदैन् । यदि कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्छ ।’

त्यस्तै उनले ७ महिनाको सरकारको कार्यकालमा सफल भएको पनि दाबी गरे । यो ७ महिनामा सरकारले सम्पूर्ण ऐन तथा कानूनहरु पारित गरेको, चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेको, भारतसँग थप हवाई रुटको सम्झौता गरेको, तराई डुबानको समस्या न्यून गर्न भारत सकारात्मक बनेको, विराटनगरमा रहेको फिल्ड अफिस हटेको लगायतका फेहरिस्त सुनाउँदै सरकार सफल भएको आधारहरु सुनाए ।

राष्ट्रिय महत्वको विषयमा सबैबीच सहकार्य र सहमति हुन आवश्यक रहेको छ । उनले भने,‘सरकारले साँच्चिकै गल्ती गरेको छ भने विरुद्धमा उत्रिनुपर्छ । तर, अनावश्यक विरोध गर्नुहुँदैन् । राष्ट्रिय स्वाधिनता, अखण्डता, एकता, सार्वभौमिकता, संविधान कार्यान्यवयन र सामाजिक न्यायको काममा सबै दलहरुबीच हातेमालो हुन जरुरी रहेको उनले सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *