Sajhamanch Archive

चीनमा निर्मित संसारकै सबैभन्दा ठूलो विमानको सफल परीक्षण

Published: in राष्ट्रिय समाचार by .

चीनमा निर्मित संसारकै सबैभन्दा ठूलो विमानको सफल परीक्षण गरिएको छ।

जमिन र पानी दुवै टाउँबाट उडान भर्न सकिने विमान एजी६००को शनिबार सफल उडान परीक्षण गरिएको हो। एजी ६०० लाई चीनको सरकारी कम्पनी एविएशन इन्डस्ट्री करपोरेशन अफ चाइनाले निर्माण गरेको हो। विमानको परीक्षण चीनको हुबेई प्रान्तमा गरिएको थियो। परीक्षणका क्रममा विमानले जलाशयबाट उडान भरेर समुन्द्रमा अवतरण गरिएको थियो।

जलस्थलीय विमानले स्थानीय समय अनुसार बिहान ८ बजेर ५१ मिनेट जाँदा झाँघे जलाशयबाट उडान भरेको थियो भने १५ मिनेट हावामा अड्याएर अवतरण गराइएको चिनियाँ सरकार समाचार संस्था चाइना डेलीले जनाएको छ। चाइना डेलीका अनुसार नोभेम्बरको सुरुतिर उक्त विमानले १४५ किलोमिटरको गतिमा पानीमा चल्ने परीक्षणमा सफलता हाँसिल गरेको थियो।

चीनले उक्त विमानलाई समुन्द्री बचाउ, वनमा आगलागी हुने स्थितिबाट बचाउ र समुन्द्री निगरानीबा लागि प्रयोग गर्ने चिनियाँ समाचार संस्था शिन्हुवाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *