Sajhamanch Archive

इटहरीबाट भैरहवाकोलागि छुटेको बस दुर्घटना पाँच जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

घटनामा कम्तीमा ५१ जना घाइते भएका छन्। इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस पूर्वी नवलपरासीको मध्यविन्दु ११ बाहुनीकुनामा बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाइते भएका ४२ जनाको उपचार भरतपुरमा भइरहेको छ। नौ जनाको उपचार स्थानीय मेडिकलमा उपचार भरहेको नवलपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए।  मृत्यु भएका पाँच जनाको अझै सनाखत भएको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *