Sajhamanch Archive

करेन्ट लागेर किशोरको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ।

स्थानीय १४ वर्षीय उमेशकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो। आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *