Sajhamanch Archive

नवलपरासीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो, ४२ को अवस्था गम्भीर

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उनले बताए । घाइतेमध्ये ४२ को अवस्था गम्भीर छ ।

बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताए ।

दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *