Sajhamanch Archive

शिवसताक्षीका ४ वटा वडामा पशु स्वास्थ्य शिविर सञ्चालन, ६ हजार बढी पशुको निशुल्क उपचार

Published: in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालित निशुल्क पशु स्वास्थ्य शिविरमा नगरका ६ हजार ५३४ पशुको निशुल्क उउपचार गरिएको छ ।

नगरपालिकाको पशु स्वाथ्य सेवा शाखाको आयोजनामा वडा नं. १, २, ३ र १० मा सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख्य संंख्यामा पशुहरुलाई विभिन्न रोगहरुको उपचार गरिएको हो ।

वडा नं. १ मा ७५३, वडा नं. २ मा ३६०६, वडा नं. ३ मा १०७९ र वडा नं. ११०५ ओटा पशुको निशुल्क उपचार गरिएको शिवसताक्षी नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।

शिविरमा पशुहरुको स्वास्थ्य परीक्षण, पशु बन्ध्याकरण सेवा, गाई भैसीलाई कृतिम गर्भधारण, पशु खोप सेवा, पशुहरुको गर्भ परीक्षण, प्रयोगशाला सेवा र पशुहरुका लागि निशुल्क औषधि समेत वितरण गरिएको पशु सेवा शाखा प्रमुख राम अवतार यादवले जानकारी दिए ।

शिविरमा निशुल्क पशु उपचार सेवा सञ्चालन गरिएका वडाहरुबाट उल्लेख्य संख्यामा सेवा ग्राहीहरु आफ्नो पशु लिएर आएको पशु प्राविधिक रीता घिमिरेले जानकारी दिइन् । शिविर विहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चान गरिएको थियो । शिविरमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई र सम्वन्धित वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

शिविरमा पशु चिकित्सक कल्लेश्वर भाट, जिल्ला पशु केन्द्रका चिकित्सक गणेश भट्टराई, लगायत १५ जनाको प्राविधिक टोलीले सहजीकरण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *