Sajhamanch Archive

काठमाण्डौंमा नक्कली नोट बनाउने कारखाना भेटिएको

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ ।

शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिनुभयो । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, पनि बरामद भएको छ । पक्राउ परेकालाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *