Sajhamanch Archive

कृष्णनगरमा लगाइएको कर्फ्यु हटाइयो, अवस्था सामान्य बन्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कपिलबस्तु । दुर्गाभवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले हिजो साँझ लगाएको निषेधाज्ञा (कर्फ्यु) अपराह्न १२ बजेसम्मका लागि हटाइएको छ ।

स्थानीय युवाबीच झडप भएपछि हिजो साँझ ५ बजेदेखि निषेधाज्ञा लगाइएको थियो ।

आज विहान ८ बजेदेखि १२ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

हामीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले रातभरको अवस्था सामान्य रहेको र सुरक्षा अवस्थालाई विश्लेषण गर्दै ४ घण्टाका लागि कर्फ्यु हटाइएको जानकारी दिए ।

सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ ।

स्थितिलाई सामान्य बनाउन सरोकारवालापक्षहरु सँग छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *